२३ जेठ २०८०, मंगलबार

तपाईंमा धनको चेतना छ वा गरिबीको ?

कहिलेकाहीँ गरिने प्रयाससित केही नियमलाई उपयोग गर्नाले तपाईंलाई कुनै लाभ हुँदैन । यदि तपाईंलाई परिणाम चाहिन्छ भने तपाईंमा सबै नियम पालना गर्ने बानी बन्नुपर्छ । आवश्यक ‘धनको चेतना’ लाई तपाई अन्य कुनै तरिकाले विकसित गर्न सक्नुहुन्न ।

गरिबी त्यस व्यक्तितर्फ आकर्षित हुन्छ, जसको मस्तिष्क यसप्रति अनुकूल हुन्छ । धन यस्तो व्यक्तितर्फ आकर्षित हुन्छ, जसको मस्तिष्क यसलाई आकर्षित गर्नका लागि तयार हुन्छ । यसको लागि यिनै नियमको सहारा लिइन्छ । धनको चेतना नहुने मस्तिष्कमा गरिबीको चेतनाले जकड्छ । गरिबीको चेतना केही नगरीकन आफैँ आउँछ यसका लागि सचेतरूपले बानी लागू या विकसित गर्ने कुनै जरूरत पर्दैन । तपाईंमा धनको चेतना विकसित नहुँदासम्म यसको चेतनालाई व्यवस्थित गर्नुपर्छ । अगाडिको अनुच्छेदमा भनिएका कुरालाई पूर्ण महत्त्व दिनुहोस् । यसपश्चात् तपाईंले धन कमाउने लगनको महत्त्वका बारेमा आफैँ बुझ्नुहुनेछ । लगनबिना सुरू गर्नुपूर्व नै तपाईंले हार्नुहुनेछ । लगन भएमा तपाईंले जित्न सक्नुहुन्छ । यसमा कुनै दुई मत छैन । यदि कहिल्यै कुनै नराम्रो सपना देख्नुभएको छ भने तपाईलाई लगनको महत्त्वको महसुस भएको हुनुपर्छ । त्यसबेला तपाई ओछ्यानमा आधा जागेको हुनुहुन्छ । तपाईलाई आफूमाथि कसैले कुल्चिदिएको जस्तो लाग्नेछ । तपाई एउटा मांसपेशी पनि हल्लाउन सक्नुहुन यताउता हलचल गर्न सक्नुहुन्न । तपाईलाई आफ्नो मांसपेशीलाई फेरि नियन्त्रण गर्न आवश्यक छ भन्ने महसुस हुन्छ। इच्छाशक्ति मारिएको प्रयासद्वारा अन्ततः तपाई आफ्नो एक हातको औला चलाउन सफल बन्नुहुन्छ । आफ्नो औंला हल्लाउन जारी राख्दै तपाई आफ्नो शक्ति सम्पूर्ण शरीरमा ल्याउनुहुन्छ । यसपश्चात् तपाईं दोस्रो हातलाई पनि यसै गर्नुहुन्छ । यस्तैगरी आफ्नो एक खुट्टामाथि पनि नियन्त्रण पाउनुहुन्छ। बल्ल आफ्नो नराम्रो सपनाबाट बाहिर निक्लनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *