१६ चैत २०७९, बिहिवार

ब्याडमिण्टन संघले गर्‍यो वृक्षारोपण !


किशोर मनस्वी
श्रावण महिनाको पहिलो सोमबार पारेर वृक्षारोपण गरिएको छ । पर्वत जिल्लाकाे माेदी गाउँपालिका-६, तिलाहारमा एक कार्यक्रमका बिच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

माेदी ब्याडमिन्टन संघ पर्वतले आयाेजना गरेकाे कार्यक्रममा पारिजात, कल्की,अम्रिसाे लगायत विभिन्न फलफूलका विरुवाहरु कवर्डहल परिसर वरिपरि रोपिएको हो । प्रमुख अतिथि माेदी गाउँ पालिकाकी अध्यक्ष तथा एमालेकी जुझारु महिला नेतृ हिरादेवी शर्माले सकेसम्म सबै ब्यक्तिले नभए हरेक सचेत ब्यक्तिले वृक्षारोपण गर्नुपर्ने बताउँनुभयो । मान्छेहरु प्रविधिमैत्री हुँदै जादा स्वास्थ्यमा प्रतिकुल असर बढ्दै गएको कारण पनि वृक्षारोपण गर्नुपर्ने शर्माको भनाई रहेको थियो । शर्माले ब्याडमिन्टन संघसँगकाे सहकार्य र सहयाेग खेलकुद क्षेत्रसँग मात्रै नभएर सामाजिक उत्तरदायित्वका सवालहरुमा पनि सँगसँगै हातेमालो गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियोे । विशिष्ट अतिथि पालिका उपाध्यक्ष विमल लामिछानेले युवाहरु सिर्जनशील हुनुपर्ने र वृक्षारोपण जस्ता कार्यक्रमले सिर्जनशीलताको अभ्यास गराउने बताउनु भयो । लामिछानेले खेलकुदकाे विकाससँगै शारीरिक फिटनेसका लागि आँफूले गर्नुपर्ने उत्तरदायित्व के हुनसक्छ पूरा गर्न लागिपर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियोे ।


कार्यक्रममा वडा न ६ तिलाहारका वडाध्यक्ष सामाजिक अभियन्ता दिपेन्द्रजङ लामिछाने, महाशिला गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत दिनेश शर्मा, पर्वत जिल्ला भलिवल संघका अध्यक्ष लक्ष्मण श्रेष्ठ, नवजागृत मावि का प्रधानाध्यापक विष्णुप्रसाद सुवेदी, संघका पदाधिकारी अनिता पुन, ओमवहादुर सुनार, विनयजङ लामिछाने, सुरेश लामिछाने, सुकमान श्रेष्ठ, कृष्ण हमाल, हिमाल पाैडेल, विनाेद सुनार लगाएत विभिन्न सामाजिक ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियो ।
कार्यक्रमकाे अध्यक्षता ब्याडमिन्टन संघका अध्यक्ष याेगेन्द्र लामिछानेको अध्यक्षता, पालिका अध्यक्ष हिरादेवी शर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष विमल लामिछानेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव विक्रम भुवाँजीले गर्नुभएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *