१६ चैत २०७९, बिहिवार

ममाथि लगाइएको यौन हिंसाको आरोप झुट र कपोकल्पित हो :संगीत

एक कवयत्रीले लेखक तथा पत्रकार संगीत श्रोतामाथि लगाएको यौन हिंसाको आरोपलाई यसरी खण्डन गरेका छन् । उनको भनाई जस्ताको त्यस्तै ।

मेरो भनाइ

२०७९ असार २४ गते साहित्यपोस्ट अनलाइन र २५ गते नेपालप्रेस अनलाइनमा मेरो बारेमा लेखिएका ‘यौन दुव्र्यवहार’ सम्बन्धी सामाग्रीहरू बदनियतपूर्ण, पूर्वाग्रहप्रेरित र चरित्रहत्या गर्ने उद्देश्यले प्रसार गरिएका छन्, म यसको खण्डन गर्दछु । बदनियतपूर्ण ढंगले म र मेरो परिवारको चरित्रहत्या गर्ने र मसम्बद्ध राजनीतिक अभियानलाई लाञ्छित गर्ने उद्देश्य राखेर नियोजित सामाग्री प्रकाशित गर्ने र पत्रकारिताका नाममा समाचार–सम्बद्ध पक्ष–विपक्षलाई एकपटकसम्म सम्पर्क पनि नगर्ने गैरजिम्मेवारपूर्ण कदमको म घोर भत्र्सना गर्दछु । महिलामाथि हुने कुनै पनि प्रकारका शोषण, हिंसा, विभेद र उत्पीडनका विरुद्धमा म सधैं प्रतिबद्ध छु र यस्ता आरोप र चरित्रहत्या–प्रयासका बाबजुद पनि सो मान्यताबाट म विचलित हुने छैन ।

समाचारमा भनिएजस्तो न ‘यौन दुव्र्यवहार’को घटना भएको हो, न त्यसरी लागेको आरोपलाई मसम्बद्ध संगठनले ‘गुपचुप पार्ने प्रयास’ नै गरेको हो । एकजना महिला लेखक महिला लेखकले केही साथीलाई फरक–फरक समयमा भेटेर मौखिक रुपमा कल्पित कथासहित सुनाएको र २०७९ असार ९ गते ‘प्रतिरोध’का नाममा घटना केही नलेखी अमूर्त रुपमा ‘यौनहिंसा’ भएको अमूर्त बेहोराको पत्र लेखेको सत्य हो, जसमा संवत् २०७२ मा ‘घटना’ भएको भनी ममाथि ‘यौन दुव्र्यवहार’को आरोप उनले लगाएकी हुन्, जुन आरोप पूर्णतः कल्पित, बदलाभावले युक्त, पूर्वाग्रहप्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुट्टा हो । मैले त्यस आरोपलाई तुरुन्तै खारेज गर्दै संगठनमा आफ्ना तर्फबाट सत्यतथ्य विवरणहरू पेश गरेको थिएँ र त्यस आरोपबारे तुरुन्तै अध्ययन होस् भनी आफूउपर लगाइएको आरोपलाई नैतिक प्रश्नका रुपमा लिएर तत्काल आफू कार्यकारी रहेको जिम्मेवारीमा नरहने जानकारी गराएको थिएँ । संगठनले तत्कालै यसबारे पहल लिई अध्ययन समिति बनाई उनी पीडित हुन् भने ‘सबै न्यायिक प्रक्रियामा साथ दिने’ दृढतासहित उनलाई जवाफ लेखेको थियो । उनले पत्र लेखेको एक साताभित्रै उनकै आग्रहमा, उनले नै अनुरोध गरी बोलाएका केही अग्रजहरूको रोहवरमा बसी दुवै पक्षले यो विषय अब कहिल्यै र कतै पनि नउठाउने सर्तमा टुंगिएको पनि हो । लगत्तै उनले संगठनलाई धन्यवाद दिँदै ‘आफनो जाहेरी पत्र अब निष्क्रिय रहेको’ चिठी लेखेकी छन् ।

अहिले बदनियतपूर्ण ढंगले मेरो चरित्रहत्या गर्ने, मसम्बद्ध राजनीतिक अभियान र संगठनहरूलाई बदनाम गर्ने अनि यस ‘प्रकरण’मा कहींकतै सम्बन्ध नै नभएका मेरा साथी र शुभचिन्तकहरूलाई समेत लाञ्छित गर्ने गलत उद्देश्यबाट प्रेरित भई प्रकाशित भएका साहित्यपोस्ट र नेपालप्रेसका सामाग्रीहरूको म खण्डन गर्दछु । साथै उक्त आरोप के थियो, किन यस्तो आरोप लगाइएको थियो र यसको पृष्ठभूमि के थियो भन्नेबारे संक्षेपमा म आफ्ना भनाइहरू राख्छुः

निज आरोपकले गत वैशाख २३–२४ गतेदेखि मसहित विनोदविक्रम केसीसँगको भेटमा बताएको र पछि साथीहरू बन्धुविक्रम क्षेत्री, मनोज खतिवडा, प्रमोद धिताल सामु फरक–फरक समयमा अनौपचारिक रूपमा सुनाएअनुसारको कथित घटनामा ‘२०७२ सालको जेठ–असारमा थापाथलीस्थित नेपालखबर अनलाइनमा भेटेर मेरै स्कुटरमा चढी उनी र म मेरो कीर्तिपुर डेरामा पुगेको, उनी र म मात्रै राति अबेरसम्म बसेको, भान्साकोठामा बसेर पुस्तक सम्पादनसम्बन्धी काम गरेको, काम सकेपछि लाइब्रेरी कोठा हेर्न गएको, अलगअलग कोठामा सुतेको, भोलिपल्ट बिहान म उनको छेउमा पल्टिरहेको भेटिएको, भोलिपल्ट दिउँसो पुनः सँगै डुलेको–हिँडेको, साँझ पनि फेरि मेरै डेरामा फर्केर आएको, त्यो रात मैले उनको हात छोएको र उनलाई किस गरेको, राति अलगअलग कोठामा एक्लाएक्लै सुतेको र तेस्रो दिन बिहानै उठेर रन्थनिँदै उनी चितवन फर्केको’ घटना–विवरण व्याख्या गरिएको थियो, जुन फूलबुट्टा भरिएको झुट्टा कथा हो ।

यथार्थ के हो भने– (१) २०७२ सालमा नेपालखबर अनलाइन खुलेकै थिएन, त्यो २०७३ सालको असारमा स्थापना भएको हो, (२) मसँग २०७२ मा स्कुटर थिएन, २०७३ सालको तिहारको तीन दिनअघि साथी गौतम राई, गुरुङ सुशान्त, वन्दना ढकाल र म सँगै गएर यो किनिएको हो, ०७२ सालमा मैले बाइक चलाउन सिकेको पनि थिइनँ, (३) म कीर्तिपुरस्थित तत्कालीन ‘मूल्यांकन’ अनलाइनको तयारी कार्यालय (तुल्सीदास महर्जनको घर)मा काम गर्दैगर्दा उनी आफै कीर्तिपुर नयाँबजार आइपुगेर मलाई फोन गरेको हो, थापाथलीबाट हामी सँगै गएको होइन, (४) मेरो डेरामा उनी एकदिन आएको सत्य हो तर दुई दिन होइन, (५) त्यो दिन डेरामा उनी र म मात्रै होइन, मेरो गाउँको मामा कृष्ण विक पनि हुनुहुन्थ्यो (६) खाना खानुअघि मेरो घरबेटी वीरप्रसाद भन्सारी, कृष्ण विक, निज आरोपक र म बसेर राजनीति, साहित्य, ‘मूल्यांकन’ पत्रिका, आत्मनिर्भर विकास मञ्च संस्थालगायत विषयमा कुराकानी गरेको र तस्विर समेत खिचाएको हो । (७) मैले खाना बनाएको, कृष्ण विकसहित तीनजनाले खाना खाएको र निज आरोपक र मबीच केहीबेर मेरै ल्यापटपमा उनको आउँदै गरेको कविता किताबको भूमिका सम्पादनसम्बन्धी काम भएको हो, (८) हामीले ल्यापटपमा काम गरिरहेको बखत कृष्ण विकले केही पुस्तक र पत्रपत्रिका पढेर बस्नुभएको हो, (९) काम सकेपछि कृष्ण विक र म भान्साकोठामा, निज लाइब्रेरी कोठामा सुतेको हो, (१०) अर्को दिन बिहान उठेर मैले बेलुकाको जुठाभाँडा माझी, कालोचिया पकाई सात बजे वरिपरि चिया लिएर लाइब्रेरी कोठामा पुग्दा निज आफ्नो दिदीसँग मोबाइलमा भिडियो कल गर्दै कपाल कोर्दै र मेकअप गर्दै गरेको भेटेको हो, (११) तीनै जना बसेर कालो चिया खाँदा चितवनमा कवि आहुति र मलाई पाहुना र वक्ता बनाएर ‘गहुँगोरो अफ्रिका’ किताबबारे कार्यक्रम गर्ने योजना निजले सुनाएको हो (त्यसको केही सातापछि सो कार्यक्रम टाँडीमा भएको थियो), त्यस्तै कृष्ण विकले पनि पर्वतबाट आफूले ‘दलित सन्देश’ पत्रिका प्रकाशन गर्न चाहेको र त्यसमा निजसँग र मसँग पनि सल्लाह र सहयोग माग्नुभएको हो, (१२) घरमा चिया खाइसकेपछि हामी तीनैजना कीर्तिपुर नयाँबजार ओर्लेको हो, (१३) कृष्ण विक र म लेखक उज्ज्वल प्रसाईलाई भेट्न बस चढेर थापाथली निस्केको हो, निज चोभार–चाल्नाखेलतिर आफ्नो कोही पारिवारिक आफन्तकहाँ जानुछ भनी छुटेको हो (१४) यस अवधिमा निजले आरोप लगाएअनुसारको उनीमाथि कुनै पनि ‘दुव्र्यवहार’ वा ‘हिंसा’ मैले गरेको छैन, (१५) किताब सम्पादनको काम मात्रै लिएर निज मेरो डेरामा सीधै आएको र सीधै चितवन फर्केको होइन, निजकै फेसबुक पोस्टहरूले उनी कम्तीमा एक साता काठमाडौंमा बसेको पुष्टि गर्छ । ‘घटना’ भएको भनिएको अवधि यताका उनका मेरा सहकार्य, सम्बन्ध, संवाद, सार्वजनिक जीवन, साङ्गठानिक आबद्धता, फोन मेसेज, फेसबुक पोस्ट, मेसेन्जर संवाद जस्ता दर्जनौं तथ्यहरू छन्, जसले उनले ममाथि लगाएको यो आरोपलाई सीधै खण्डन गर्छन् ।

प्रतिशोध साँध्ने उद्देश्यले खडा गरिएको एउटा झुट स्थापित गर्न निजले दर्जनभन्दा बढी अरु झुटको लेपन लगाउने प्रयास गरेको देखिन्छ । ‘प्रतिरोध’ आन्दोलनसम्बद्ध साथीहरूलाई पत्र लेख्नुअघि नै निजले हाम्रो संगठनबाहिरका कतिपय व्यक्तिसँग यसको चर्चा गरेको र एउटा अनलाइनमा लेख समेत प्रकाशित गराइसकेको पाइएको छ । लेनिनलाई ‘यौनहिंसाका संरक्षक’ आरोपित गरेर लेखिएको सो लेखमा पनि र जाहेरी भनिएको उनको पत्रमा पनि ‘हिंसाको घटना’ के थियो र कुन प्रकृतिको थियो भन्ने उल्लेखै नगरी केवल ‘यौनहिंसा’ भएको भनिनु, अनौपचारिक कुराकानीमा भिन्नभिन्न मानिसलाई भिन्नभिन्न तरिकाले र भिन्नभिन्न विवरणहरूसहित फरक–फरक कथा सुनाउनुु, दुई वर्षअघि अलग्गै कथा सुनाउनु, अहिले नयाँ कथा थप्नु, साथीहरूले तथ्यहरू अघि सारेपछि आफ्नो कथामा पुनः नयाँ विवरणहरू थप्नै जानु, माक्र्सलाई ‘बलात्कारी’ भनिएको लेख प्रकाशित नभएको भए मैले यो आरोप लगाउने थिइनँ भन्नु, माक्र्सवादी मोर्चा नामक संगठनमा सङ्गीत नभएको भए र उसले मेरो त्यस लेखबारे चासो नराखेको भए (उनको भाषामा स्पष्टिकरण सोधेको) पनि मैले यो विषय ल्याउने थिइनँ भन्नु, ‘दुव्र्यवहार’ गरेको भनिएको व्यक्तिबाहेक राजनीतिक आन्दोलनका अरु व्यक्तिलाई पनि साथीहरूबीच तुच्छ र घृणित गाली गर्नु, तिमीहरूको ‘प्रतिरोध आन्दोलन’ र पुष्पलाल ज्ञानशालालाई म ध्वस्त पारिदिन्छु भन्नु, बेला पब्लिकेसन्सलाई पनि म ध्वस्त पारिदिन्छु भन्नु, जसजसलाई कथा सुनाएको छ, उसैलाई ‘मेरो कथा सुन्नु पनि साक्षी हुनु हो’ भन्नु, लगायतका विवरणले पनि निजले बुनेको ‘दुव्र्यवहार कथा’ पूर्णतः असत्य, झुट्टा र कल्पित हो भन्ने पुष्टि गर्छ । कथाको पृष्ठभूमिमा कति धेरै कल्पित सन्दर्भहरू जोडिएका छन् भन्नेबारे मैले लिखित, मौखिक र अन्य प्रमाण–सामाग्रीहरू संगठनभित्र राखिसकेकै छु । यसबारेमा सङ्गठनका साथीहरूले ती सम्पूर्ण तथ्यहरू, अडियो रेकर्ड, मेसेन्जर स्क्रिनसट, सामाजिक सञ्जालका पोस्ट, लिंकहरू अध्ययन गरिरहनुभएकै छ । ‘घटना’ भएको भनिएको दिन र रातमा सँगै रहनुभएका साथी (माथि नाम लिएका वीरप्रसाद भन्सारी र कृष्ण विक) सँग पनि यथातथ्य बुझ्न सकिन्छ । ती सम्पूर्ण सामाग्रीका फाइलहरू मैले सङ्गठनका जिम्मेवार साथीहरूलाई पठाइसकेको छु भने आवश्यक परे सार्वजनिक रूपमा राखेर यो विषयलाई बहसमा लैजान वा कुनै पनि ‘न्यायिक प्रक्रिया’मा उभिन म तयार छु भनी मैले संगठनभित्र पटकपटक दोहो¥याएको हुँ ।

दूराग्रहपूर्ण आरोप र झुट्टा विवरणहरू राखेर लेखिएका अनर्गल अनलाइन–सामाग्रीबाट कसैलाई पनि भ्रममा नपर्न म आग्रह गर्दछु । यही समयमा यसप्रकारको आरोप ममाथि आउनुका पछाडिका राजनीतिक र पृष्ठभूमिगत कारण बुझ्न म सम्पूर्ण संगठनपंक्ति र साथीहरूलाई आग्रह गर्दछु । निज आरोपकसँग सहकार्य, संवाद, चिनजान भएको एक दशकयता दुईपटक हाम्रो सम्बन्ध बिग्रन पुगेको छ । पहिलोपटक निजको कविता सङ्ग्रह प्रकाशित भएपछि ‘कान्तिपुर’ दैनिकमा एक चल्तीका समीक्षकले पुस्तकको तीखो आलोचना गरेको बखत । दोस्रोपटक निजले कार्ल माक्र्सलाई ‘बलात्कारी’ करार गरेर लेख लेखेलगत्तै ! यी दुवै बेलामा कुन प्रसंगमा हाम्रो सम्बन्ध बिग्रेको थियो भन्ने साक्ष्य उनका र मेरा मेसेन्जर कुराकानी र मोबाइल मेसेजहरूबाट थाहा पाउन सकिन्छ ।

पहिलो प्रसंगमा – उनको कविता किताबको पुस्तक समीक्षामार्फत् आलोचना भएपछि त्यो सहन नसकेर उनी एकदमै विचलित भएकी थिइन् । उनले अरु धेरै साथीहरूलाई आफ्नो किताबको प्रशंसा गरेर समीक्षा लेखिदिन आग्रह गरिन् । त्यो आग्रह मलाई पनि गरेकी थिइन्, जुन मैले मानिनँ । जुन पुस्तकको म आफै सम्पादक थिएँ, मेरो नाम उक्त पुस्तकमा ‘भाषा–सम्पादक’ भनेर छापिएको थियो, त्यही किताबको प्रशंसामा कसरी समीक्षा लेख्नु, यो त नैतिक हिसाबले पनि मिल्दैन भनी मैले इन्कार गरें । उनी मसँग निकै रिसाइन्, केही समय बोलचाल भएन । अघिल्लो स्थानीय निर्वाचनका बखत उनले रेणु दाहाल भरतपुरको मेयर हुन लाग्दा सामाजिक सञ्जालमार्फत् चर्को विरोध गरिरहिन्, त्यसै विषयमा मेरो श्रीमती (वन्दना ढकाल)ले उनको आलोचना हुने गरी र रेणुका पक्षमा हुने गरी एउटा लेख लेख्नुभयो । त्यो पढेपछि आक्रोशित हुँदै उनले मलाई ‘मेरो विरुद्ध श्रीमतीलाई लेख लेखाउने ?’ भन्दै धम्काएकी थिइन् । त्यही समयमा मसम्बद्ध मिडियामा उनले प्रतिस्पर्धी ठानेकी पोखराकी एक महिला कविको अन्तर्वार्ता प्रकाशित भयो । त्यो देखेर आक्रोशित हुँदै उनले ‘तपाईंजस्तो वामपन्थीले पनि फलानीको अन्तर्वार्ता छाप्ने ?’ भन्दै मेसेज गरिन् । यी तीन–चार प्रसंगमा रिसाएर निजले मलाई लामो फोन पनि गरिन् । यस विषयमा निजले पछि मेसेजहरूमा पठाएका असन्तुष्टिहरू अहिले पनि सुरक्षित छन् । उनले त्यतिबेला पनि मविरुद्ध केही साथीहरूबीच विभिन्न अनर्गल लाञ्छना लगाएको थाहा भएको थियो ।
दोस्रो प्रसंगमा – कार्ल माक्र्सले ‘पटकपटक बलात्कार गरे’ भनी एक राष्ट्रिय दैनिकमा निजले लेख लेखेपछि त सार्वजनिक रूपमै एकप्रकारको ‘बबण्डर’ हुन गयो । माक्र्सवादी पंक्तिबाट उनको चर्को आलोचना भयो । म र उनी दुवै सम्बद्ध केही संस्थाहरूले निजको लेखबारे अनौपचारिक तहमा आपत्ति जनाए । मैले नै निजलाई गरेको फोनमा निजले ‘मेरो विरुद्धमा सामाजिक सञ्जालभरि आलोचना भएको छ, केही न केही लेखिदिनुस् न’ भनी अनुरोध गरेकोमा मैले ‘तपाईंको लेख बेठीक छ, यसको सैद्धान्तिक आलोचना हुन्छ’ भनेको थिएँ । त्यसलगत्तै माक्र्सवादी मोर्चालगायत केही संस्थाहरूबाट उनी अघोषित निष्कासनमा परिन् । सार्वजनिक मञ्चहरूमा बोलाइन छाडियो । सामाजिक सञ्जालहरूमा तीव्र विरोध भयो । पत्रिकामा हाम्रो केही साथीहरूले उनको लेखको प्रतिवादमा लेख्नुभयो । भारतको दिल्लीमा हुन लागेको माक्र्सवादी अन्तर्राष्ट्रिय सेमिनार, जसमा सहभागी हुनका लागि उनले अग्रिम नाम दर्ता गराएकी थिइन्, आयोजकले उनको ‘बलात्कारी माक्र्स’सम्बन्धी लेखलाई नै कारण देखाएर निजको नाम रद्ध गरिदिए । यी सबै प्रसंगमा म र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तत्कालीन संयोजक आहुति मिलेर षड्यन्त्रपूर्वक उनीमाथि प्रहार गरेका हौं भन्ने निजलाई परेको रहेछ, जुन कुरा निजले दिल्लीबाट सेमिनार आयोजकले निजको नाम रद्द गरेर इमेल पठाएकै दिन (माक्र्स बलात्कारी लेख प्रकाशन भएकै ताका) मलाई लामो फोन गरेर ‘आहुति र तपाईं मिलेर मलाई चौतर्फी घेराबन्दी, बेइज्जती, निषेध र अपमान गर्नुभएको छ । म एकदिन यसको बदला लिनेछु, मलाई देशभित्र र देशबाहिर समेत षड्यन्त्र गरेर तिमीहरूले छेकथुन गर्ने ? मलाई के ठानेका छौ ? म तिमीहरू दुवैजनाका बारेमा कान्तिपुरमा लेख लेखेर बदनाम गरिदिन्छु, पर्ख !’ भन्दै धम्क्याएकी थिइन् । उनको सो लेखको आलोचनामा आहुतिको प्रतिवाद–लेख ‘कान्तिपुर’मै प्रकाशित भइसकेपछि उनले मलाई ‘तपाईंले पनि आहुतिकै जस्तो लेख लेख्ने हो भने अब हाम्रो सम्बन्ध बिग्रयो, मेरो कविताको किताबको आलोचना हुँदा पनि तिमीहरूले मेरो बचाउ गरेर लेखेनौं, अब म तिमी कम्युनिस्टहरूसँग हुँदिन’ भन्दै लामो मेसेज पठाएकी छन्, जुन अझै सुरक्षित छ ।
सन् २०१४ देखि निज आरोपक र मबीच निरन्तर संवाद, सहकार्य, सहयोग आदानप्रदान, वैचारिक छलफल, सांगठानिक र सिर्जनात्मक सहयात्रा घनीभूत रूपमा भइरहेको हो तर यी दुई सन्दर्भमा हामीबीच गम्भीर फाटो उत्पन्न भएको छ भन्ने कुरा २०१४ देखि २०२१ सम्मका हाम्रा इमेल आदानप्रदान, फोन कलडिटेल, मेसेन्जरका वार्तालाप, सार्वजनिक फेसबुक पोस्ट, सार्वजनिक साहित्यिक–सांस्कृतिक कार्यक्रम आदिले नै पुष्टि गर्छन् । ‘दुव्र्यवहार’ भएको भनिएको समयभन्दा यता नै निजको र मेरो आत्मीय, निकट र बलियो सम्बन्ध थियो । हामीबीच घण्टौं लामो फोनवार्ता हुन्थ्यो, लेखहरू आदानप्रदान हुन्थ्यो, पुस्तक साटासाट हुन्थ्यो (कतिसम्म भने निजले आफ्नै स्वरमा गीतहरू गाएर मध्यराति मेरो मेसेन्जरमा खसाल्थिन्, जुन गीत प्रेमपूर्ण भावका हुन्थे (ती गीत मेरो मोबाइलमा अहिले पनि डिलिट भएका छैनन्) ।

उनले ‘दुव्र्यवहार’ भयो भनेको साल २०७२ जेठ–असारयता नै हामी दुईले सबैभन्दा घनिष्ठ सहकार्य गरेका छौं–

*चितवनमा आफै कार्यक्रम आयोजनाको पहल लिएर निजले २०७२ भदौमा मलाई पटकपटक पाहुना बनाएर बोलाएकी छन्, टाँडीमा ‘गहुँगोरो अफ्रिका’ पुस्तकको चर्चा उनकै पहलमा भएको हो, जहाँ कवि आहुति र म पुगेका थियौं । पछि चितवनमै मेरो एकल कविता वाचन आयोजना गर्न पनि उनीसहितका साथीको भूमिका छ ।

*उनको कविता पुस्तकका सबै कविता र भूमिकाको भाषा–सम्पादन मैले नै गरेको हुँ । सो किताबको पछिल्लो गातामा राख्ने ब्लर्ब पनि उनकै अनुरोधमा मैले तयार गरेको थिएँ । यो पुस्तक २०७२ मंसिरमा प्रकाशित भएको छ ।

*म पनि आयोजक पदाधिकारी भएको घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानबाट हामीले उनलाई पोखरामा वक्ता र अतिथिमा डाकेका छौं । स्मृति ग्रन्थ प्रकाशनमा उनले पनि लेख लेखेकी छन् ।

*पोखरामा २०७३ सालमा भएको साहित्य उत्सवमा हामीले सँगसँगै मञ्च सेयर गरेका छौं ।

*प्रगतिशील लेखक संघको २०७३ सालमा भएको दशौं राष्ट्रिय सम्मेलनबाट हामी आपसमा सरसल्लाह गरेरै उनी सचिव र म सचिवालय सदस्य बसेर तीन वर्षे कार्यकाल सौहार्द–सहकार्यमा बिताएका छौं । त्यसभित्रका अनेक उतारचढावमा हामी अत्यन्तै सघन संवाद–सहकार्यमा रह्यौं ।

*प्रलेससँग सम्बन्धविच्छेद गरेर २०७७ सालमा निर्माण गरिएको क्रान्तिकारी मोर्चा ‘माक्र्सवादी सांस्कृतिक मोर्चा’मा पनि उनी र म आपसमै सल्लाह गरेर संगठित भई म सचिव र उनी सदस्य रह्यौं ।

*घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान, चिन्तन महोत्सव (जो पछि सम्पन्न हुन सकेन), पुल्चोक संवादजस्ता संघ, संगठन र मञ्चको नेतृत्वमा हामी सँगै सल्लाह गरेर बसेका छौं, काम गरेका छौं ।

*मैले काम गर्ने मिडियामा २०७२ पछि नै मैले नै उनका अन्तर्वार्ता लिएको छु, ती प्रकाशित भएका छन् । एक–अर्काका लेख, सिर्जना र प्रकाशित सामाग्रीको हामीले सार्वजनिक रुपमा प्रशंसा र प्रचार गरेका छौं ।

*बेला पब्लिकेसन्स सुरु भइसकेपछि २०७७ सालमा उनका दुई मौलिक पुस्तक र उनीसहितको संयुक्त सम्पादनमा एक पुस्तक प्रकाशन गर्ने योजनामा तयारी भई काम अघि बढेको थियो, उनले अघिल्लो वर्ष आफ्नो कविताको नयाँ संस्करणका लागि दिएको केरमेटसहितको प्रथम–संस्करणको साफीकपी बेला–कार्यालयमा अहिले पनि सुरक्षित छ ।

*२०७२ देखि २०७८ सम्म उनी र मबीच भएका सार्वजनिक भेटघाट र सहकार्य सार्वजनिक विषय नै हुन्, निरन्तरका फोनसंवाद, मेसेन्जरमा भएका संवाद, इमेलवार्ता आवश्यक पर्दा सार्वजनिक गर्न सकिने तथ्यहरू हुन् ।

यी प्रारम्भिक तथ्यहरू र सहकार्यका शृंखलालाई साक्ष्यका रुपमा राख्दा मात्रै पनि थाहा हुन्छ, कि निज आरोपक र म ‘पीडक’ र ‘पीडित’ वा ‘दुव्र्यवहारकर्ता’ र ‘दुव्र्यवहारभोक्ता’ थियौं कि असल मित्र र सहयात्री थियौं ? जब ‘माक्र्स बलात्कारी’सम्बन्धी उनको लेखपछि मसम्बद्ध माक्र्सवादी राजनीतिक पंक्ति र उनीबीच वैचारिक दूरी पैदा भएपछि र उनको र मेरो व्यक्तिगत सम्बन्ध बिग्रेपछि यी सबै सहकार्यका निरन्तरता र योजनाहरूमा विराम लागेको हो । माथि उल्लेख गरिएका बाहेक पनि निज र मेराबीच भएका सकार्यका दर्जनौं सन्दर्भहरू मैले विस्तारमा साथीहरूबीच अनौपचारिक बसाइहरूमा पेश गरिसकेको थिएँ । यथार्थ खुलाउने स्क्रिनसटहरू, मेसेज, फोटोहरू, पोस्टहरूको फाइल पनि पठाएको छु । निज निवेदकसँग दुईपटक व्यक्तिगत सम्बन्ध र विचारका आधारमा सम्बन्ध बिग्रेको सन्दर्भ उनको र मेरो मात्रै नभई सार्वजनिक जस्तै विषय हो । व्यक्तिगत सम्बन्ध बिग्रनु, विचारमा भिन्नता आउनु, पुस्तक वा लेखको आलोचना हुनु एउटा कुरा हो, तर लैंगिक हिंसा वा यौन दुव्र्यवहार अलग्गै विषय हो । तर, निज र मबीच राजनीतिक–सांगठानिक सम्बन्ध बिग्रेको र विचारमा भिन्नता आएको विषयले नै आज जुन रूप लिएको छ र त्यसलाई जसरी ‘यौन दुव्र्यवहार’को हतियारबाट प्रतिशोध साँध्न खोजिएको छ, त्यसको सत्यतथ्य एकदिन अवश्य खुलस्त हुनेछ । उनको र मेरो सम्बन्ध, सिर्जनात्मक र सांगठानिक सहकार्य जान्नेबुझ्नेका लागि भने यो प्रकरण कुनै पहेलीको विषय थिएन र छैन । बरु यस प्रकरणको पृष्ठभूमिमा राजनीतिक प्रतिद्वन्द्वीता र प्रतिशोध साँध्न चाहने पक्षले के–कस्तो भूमिका खेलेको
छ, षड्यन्त्रका ती आयाम भने क्रमशः सतहमा प्रकट हुने नै छन् ।
यो आरोप आइसकेपछि यसलाई तत्काल गम्भीरतापूर्वक लिई सत्यतथ्य छानबिन गर्न सजिलो होस् भनेर मैले आफूमाथि उठेको नैतिक प्रश्नलाई ध्यानमा राखी तुरुन्तै सहज मार्गप्रशस्त गरिसकेको छु । राजनीतिक–वैचारिक पूर्वाग्रह साँधेर होस् वा व्यक्तिगत कुण्ठाविरेचनको अभीष्टले होस्– नियोजित रूपमा आउने जस्तासुकै आरोप, लाञ्छना, अपमान र बेइज्जतीका बीच पनि न्याय, समानता, वर्गमुक्ति, मानव–मुक्तिका खातिर आफूलाई सङ्गठित सङ्घर्षमा सामेल गरिरहने छु । म जुन विचार, आन्दोलन र मान्यतामा अडिग रहेर आफ्नो सिर्जना र सङ्घर्षमा छु, यसप्रकारका दुराग्रहपूर्ण आक्षेप र लाञ्छनाहरूका बाबजुद पनि प्रतिबद्ध रहिरहनेछु ।

पुष्टि नहुने सूचना राखी, सम्बन्धित र सरोकारवालासँग एकपटक पनि नबुझी, सम्पर्क पनि नगरी र बद्नियत राखी कुनै पनि व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले लेखिएको मनगढन्ते र कपोलकल्पित समाचार प्रकाशन गर्ने पत्रकार, सम्पादक र प्रकाशकका विरुद्धमा कानुनी उपचारमा जानेछु । धन्यवाद !

–सङ्गीत
२०७९ असार २५

Leave a Reply

Your email address will not be published. Required fields are marked *