फलेवास नगरपालिका-४, मुडिकुवाका लागि १ करोड २० लाख रुपैया बराबरको योजनाहरु स्वीकृत भएका छन् । आर्थिक बर्ष २०७९/८० का लागि प्रदेस सरकारबाट भू तथा जलाधार, पूर्वाधार, जलस्रोत तथा सिंचाई, सामाजिक विकास लगायतका बिधाहरुमा योजनाहरु स्वीकृत भएका हुन् ।
प्रदेस सरकारले मुडिकुवाका लागि भू तथा जलाधारबाट कडेली खोला बाढी नियन्त्रणका लागि रु पाँच लाखको योजना स्वीकृत भएको छ भने पूर्वाधारबाट एकघरे दलित्बस्ती सडकका लागि पच्चिस लाखको योजना स्वीकृत भएको छ । त्यसैगरि जलस्रोत तथा सिंचाई बिकास अन्तर्गत जोइखेत सिंचाई योजनाका लागि रु दस लाख र घुइनेउँलो खोलादेखि पाखाबारी सिंचाईका लागि पच्चीस लाख र मुडिकुवा कमले बजार बृहत् सिंचाईको कुलो निर्माणका लागि तीस लाख स्वीकृत भएको छ । सामाजिक विकास अन्तर्गत चुरिया माई मन्दिरको मर्मतसम्भारका लागि पाँच लाख र वडा कार्यालय निर्माणका लागि रु बीस लाख रुपैयाँ स्वीकृत भएको छ ।
खेलकुद, शिक्षा र स्वास्थ्य सम्बन्धि प्रदेस स्तरका कुनैपनि योजनाहरु यसपटक मुडिकुवाका लागि पर्न सकेका छैनन् । एम्बुलेन्स, खेलकुद मैदान, पुस्तकालय, यातायात, एक घर एक धारा जस्ता कार्यक्रमहरु आवस्यकता हुँदाहुदैपनि यी र यी सम्बन्धि योजनाहरु पार्न मुडिकुवा चुकेको छ भने सार्वजनिकभन्दा यसपटक ब्यक्ति केन्द्रित योजनाहरु स्वीकृत हुन सफल भएका छन् ।