१६ चैत २०७९, बिहिवार

मूल नक्षत्र भनेको के हो ? मूल नक्षत्रमा जन्मभए के गर्ने ?

हाम्रो समाजमा कुनै बच्चा मूल नक्षत्रमा जन्मियो भने नराम्रो हुने विश्वास रहेको छ । मूल नक्षत्रमा बच्चा जन्मिए, मूल परेछ अब अरिष्ट हुन्छ भन्ने चलन छ।

कतिपय धर्म शाश्त्रको व्यख्याता हरुले पनि मूल नक्षत्रमा जन्मने व्यक्तिहरुले परिवारलाई पिर्ने भनेर भनिदिएका छन् त्यसकारण मूल नक्षत्रमा जन्म हुने बित्तिकै हाम्रो फरक धारण हुने गर्दछ । आज हामी मूल नक्षत्रमा जन्मने व्यक्तिको बारेमा विश्लेषण गर्नेछौ ।

२७ नक्षत्रमा १९ औँ नक्षत्र मूल हो । एक नक्षत्रमा ४ पाउ हुन्छ । मूल नक्षत्रमा (ये,यो,भा,भी यि) चार नामहरु पर्दछन् ।
मुहुर्त चिन्तामणीमा भनिएको छ मूल नक्षत्रको पहिलो पाउ ये बाट जन्म हुने मानिसले आफ्नो पिताको नाश गर्नेछ ।

दोस्रो पाउ अर्थात यो बाट नाम लिएर जन्म हुने बच्चाले आमालाई कष्ट दिनेछ । तेस्रो पाउ अर्थात् भा बाट बच्चाको नाम आयो भने धनको नाश गर्नेछ ।
त्यसै गरि चौथो पाउ भी बाट नाम आएको छ भने भने शुभ तथा लाभदायक माानिएको छ । अर्थात मूल नक्षत्रको चतुर्थ चरणमा जन्मेको अशुभ हुँदैन । मूल शान्ति गरिदिए सर्वत्र नै शुभ हुनेछ ।

तर मूलको निवास हेर्नु जरुरी हुन्छ ।
स्वर्गे शुचिप्रौष्ठपदेषमाघे भूमौ नभःकार्तिक चैत्रपौषे ।
मूलं हधस्तात्तु तपस्यमार्गवैशाखशुक्रेष्वशुभं च तत्र ।।
अर्थात आषाढ,भाद्र,आश्विन,र माघ यी चार महिनामा मूलको निवास स्वर्गमा रहन्छ । श्रावण,कार्तिक,चैत्र,र पौष यी चार महिना मूल पृथ्वीमा रहन्छ ।
फागुन,मंसिर,वैशाख र जेठ यी चार महिनामा मूल पातालमा रहन्छ । मूल जहाँ रहन्छ त्यही नै अशुभ फल दिने मानिन्छ ।
यस कथनले सिद्ध हुन आउँछ कि कार्तिक,चैत्र,पौष र श्रावण यी चार महिनामा मूल नक्षत्रमा जन्म भएको भए मूलको दोष लाग्दछ ।
शेष आठ महिनामा मूल नक्षत्रमा जन्म भए पनि कुनै दोष लाग्दैन अतः कार्तिक,चैत्र,पौष र श्रावण यी चार महिनामा बच्चाको जन्म भएको छ भने अभिभावकले मूल शान्ति विशेष रुपमा र राम्ररी गर्नु पर्दछ ।
बुलबुल समाचार बुलबुल समाचार Loknath Bhusal GS

Leave a Reply

Your email address will not be published. Required fields are marked *