विधवा बुहारीले आफ्नो सासुलाई भनिन्: “म चार महिनाको गर्भवती छु” यो सुनेपछि परिवारमा खैलाबैला मच्चियो।
गाउँ/समाजमा भुइँचालो आयो । चिया पसल, ब्युटीपार्लर , संघ/सस्थादेखि घाँसे/दाउरेसम्मले उनको कुरा काट्न थाले ।
गाउँ/पन्चायतको बैठक बस्यो । सबैले बुहारीको पेटमा भएको बच्चाको बुबा को हुन् भनेर जान्न चाहे।
भेला भएको समाजको अगाडि बुहारीले भनिन्: “म ४ महिना अगाडि देवघाटमा नुहाउन गएकी थिएँ । पानी चढाउँदै डुबुल्की लगाउने क्रममा तीन पटक गंगाजल पिएँ । सायद त्यही बेला गंगामा कुनै ॠषि वा महात्माको विर्य स्खलन भएको हुनसक्छ । पानी चढाउँदै डुबुल्की लगाउने क्रममा मैले पिएको पानीमा विर्य मिसिएको हुनसक्छ । त्यही दिनबाट म गर्भवती भएकी छु ।”
भेलामा भएका वडाअध्यक्ष बुढापाका बुद्धिजीविहरुले भने: “यो असम्भव कुरा हो, कसैको विर्य पिउँदैमा गर्भवती हुँदैनन्. यस्तो कहिल्यै पनि हुनसक्दैन ।”
बुहारीले अध्यक्षलाई जवाफ दिँदै भनिन्: “हाम्रो धर्म ग्रन्थमा यही कुरा देखाइएको छ कि हनुमानको पसिनालाई माछाले पिएपछि, माछा गर्भवती भइन् र मकरध्वज जन्मिए, सूर्यको आशीर्वादले कुन्ति गर्भवती भइन् र कर्णलाई जन्म दिइन् । माछाको पेटबाट मत्स्यगंधा (सत्यवती)को जन्म भयो । खीर खादा राजा दशरथको तीनवटी रानीहरु गर्भवती भए र चार पुत्रहरुको जन्म भयो। जमिनभित्र गाडिएको घैटादेखि सीता जन्मिइन् भने तपाइँहरू नै भन्नुहोस् धार्मिक ग्रन्थमा लेखिएको यो सबैकुराहरु सम्भव छ, तर मेरो कुरा कसरी असम्भव ?”
भेलामा सयौंको संख्यामा जम्मा भएका मान्छेहरू एकअर्काको मुख हेर्न थाले । कसैको मुखमा जवाफ दिने कुनै उत्तर निस्किएको थिएन ।
बुहारीले फ़ेरि भन्न सुरु गरिन्: “म भन्न चाहन्छु कि म गर्भवती छैन। मैले यो नाटक यसैले पनि गरेकी हुँ कि यस समाजको आँखा खुलोस् र धार्मिक ग्रन्थमा लेखिएको तर्कहिन र अवैज्ञानिक कुराको बिस्वास कम गर्नुहोस् ।” खैर, तपाइँहरू चाहनुहुन्छ भने मेरो मेडिकल परिक्षण गर्न सक्नुहुन्छ, म गर्भवती छैन ।।
सन्तोष कार्की