लेखक तथा स्तम्भकार सरिता तिवारीले फेसबुक लाइभमार्फत कवि संगीत श्रोताले यौन दुर्व्यवहार गरेको पुष्टि गरेकी छन् ।
नेपाल प्रेस मार्फत सार्वजनिक भएको घटनालाई नै पुष्टि गर्दै उनले लाइभ मार्फत श्रोताले यौन दुर्व्यवहार गरेको पुष्टि गरेकी हुन् । साथै उक्त घटनामाथि छलफलका क्रममा संलग्न व्यक्तिहरूको नाम पनि उल्लेख गरेकी छन् ।
उनले आफ्नो कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ को सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताएकी हुन् ।
उक्त दुर्व्यवहारले आफू तनाव र ट्रमामा रहेर यतिन्जेलसम्म झेलेर बसेको बताएकी छन् ।
लामो समयदेखि महिला हिंसामाथि बोलिरहेकी लेखिरहेकी तिवारीले समाचार सार्वजनिक भएपछि सम्पूर्ण घटनाको फेहरिस्त लाइभ मार्फत बताएकी हुन् ।
नेपाल प्रेसमा ६ वर्षअघिको सो घटनाबारे उनले संगीतको प्रतिरोध आन्दोलनका सदस्य मनोज खतिवडा र अनिता पण्डितलाई लिखित उजुरी गरेको तथा केही लेखक अभियन्ताको मध्यस्थतामा सहमति गरिएको समाचार प्रकाशन भएपछि उनी आफैँ फेसबुक लाइभमा आएर आफूमाथि भएको हिंसा सार्वजनिक गरेकी हुन् ।
संगीतले आफूलाई दिदी र आफूले संगीतलाई भाइ भन्ने गरेको भन्दै बितेका यी वर्षहरू आफ्नो लागि निकै पीडादायी भएको बताएकी छन् ।
उनले प्रगतिशील लेखक संघ तथा सोही वैचारिक अभियानमा रहँदाका कुरा सुनाउँदै उनले आफू स्तम्भ लेखनमा आएपछि वामपन्थी बुद्धिजीवीका दोगलापनबारे उजार गर्ने क्रममा मार्क्सलाई बलात्कारी भनेर लेखे लेखेको सुनाइन् ।
आफूले उक्त लेख लेख्ने बेला धेरै नाम चलेका लेखक तथा बुद्धिजीवीको अनुहार याद आएको भन्दै सबैभन्दा बढी संगीत स्रोतालाई नै सम्झिएको तिवारीले बताइन् ।
नेपालप्रेसबाट