८ असोज २०७९, शनिवार

आज मोती जयन्ती !


आज देशभर साहित्यिक कार्यक्रम गरेर १५७औँ मोती जयन्ती मनाईदै छ । गजलका पिताको रुपमा चिनिने उनलाई साहित्यप्रेमीहरुले साहित्यिक कार्यक्रम मार्फत उनले पुर्‍याएको साहित्यिक योगदानको स्मरण गर्न लागिएको हो ।
मोतीराम भट्ट (१९२३ भदौ २५ – १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।

मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।
३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

Leave a Reply

Your email address will not be published.