३ चैत २०७९, शुक्रवार

त्रिभुवन विश्व विद्यालयमा “मेरो समय मेरो ल्याब” अभियान !

त्रिभुवन विश्व विद्यालयमा “मेरो समय मेरो ल्याब” भन्ने अभियान लिएर रसायन शास्त्र शिक्षा दोस्रो सेमेस्टर मा अध्ययन विद्यार्थीहरु ल्याब सरसफाइमा जुटेका छन् । आफूहरुलाई सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी गराउँन विद्यार्थीहरु सरसफाई अभियानमा सक्रिय भएका हुन् ।

रसायन शास्त्र शिक्षा दोस्रो सेमेस्टरमा अध्यन गर्ने विद्यार्थीहरु आइतबारदेखि हरेक हप्ताको आदि घण्टा “मेरो समय मेरो ल्याबलाई” भन्ने अभियान लिएर आफै ल्याब सरसफाइमा जुटेका हुन् । उक्त अभियानमा हरेक हप्ता एक जनाको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिने जस अनुसार आइतबारको पहिलो दिन विद्यार्थी कल्पना सापकोटाको नेतृत्वमा विद्यार्थीहरु सरसफाइ कार्यक्रम गरेको थिए । यस्ता खाले फरक कार्यक्रम गर्दा विद्यार्थीहरुविच उत्साह बढ्ने र अन्य कार्यक्रमहरु गर्न थप सहयोग पुग्ने कार्यक्रम संयोजक सापकोटाले बताउनु भयो ।


उक्त अभियानमा हरेक हप्ता एक जनाको नेतृत्वमा सरसफाई कार्यक्रम गरिने योजना रहेको छ । सरसफाई अभियानको पहिलो दिन कल्पना सापकोटाको नेतृत्वमा विद्यार्थीहरुले सरसफाई कार्यक्रम सुरु गरेका छन् ।

सरसफाई कार्यक्रमको पहिलो चरणमा दोस्रो सेमेस्टरमा अध्ययन गर्ने १३ जना बिध्यार्थी मध्य ८ जना सहभागी भएका छन् । यो कार्यक्रमलाई निरन्तरता दिँदै थप सिर्जनात्मक कार्यक्रमहरु गर्ने विद्यार्थीहरुको योजना रहेको छ । सरसफाई कार्यक्रममा विद्यार्थीहरु अरुमा निर्भर नभई स्व स्फुर्त रुममा आफैं सहभागी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *