किशोर मनस्वी
पर्वतको एक पुरानो स्वास्थ चौकीले स्वर्ण महोत्सव मनाउने भएको छ । माेदी गाँउपालिका वडा न ६ मा स्थित राम्जा तिलाहार स्वास्थ्य चाैकीले महाेत्सव विविध कार्यक्रम गरि आफ्नाे ५० औं वर्षको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको हो ।
स्वास्थ्य चाैकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेको संयोजकत्वमा २४ सदस्यीय स्वर्ण महाेत्सव मूल आयाेजक समिति समेत गठन गरिएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउन आर्थिक, प्रचार तथा प्रसार, स्वागत तथा सम्मान, स्वयंसेवक लगायतका उपसमितिहरु समेत गठन गरिने मुल आयोजक समितिका संयोजक लामिछानेले बताउने भयो ।
पर्वतमा सबैभन्दा पुरानाे स्वास्थ्य चाैकीकाे रुपमा स्थापित राम्जातिलाहार स्वास्थ्य चाैकीले हाल प्रसुती सेवा समेत उपलब्ध गराँउदै आईरहेकाे छ।
महोत्सव भब्य रुपमा सम्पन्न गर्ने उद्देश्यका साथ भएको भेलामा स्वास्थ्य चाैकीका सम्पूर्ण कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि प्रहरी चाैकी ईन्चार्ज, विभिन्न राजनीतिक दलका प्रमुखहरु, स्वास्थ्य स्वयं सेविका लगाएतकाे उपस्थितिमा स्थानिय बुद्धिजीवीहरु तथा सराेकारवालाहरुकाे उल्लेख्य उपस्थिति रहेकाे कार्यक्रम माथिको चर्चा परिचर्चा माेहन थापाले गर्नु भएको थियो ।
वडाध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेको अध्यक्षता, स्वागत अहेव मिठुलाल सिकेको स्वागत र सन्चालन स्वास्थ्य चाैकी ईन्चार्ज विक्रम भुँवाजीले गर्नुभएको थियाे।