१० असोज २०७९, सोमवार

प्रदेश सभा सदस्यका लागि समाजवादी पर्वतले गर्‍यो चार सदस्यको नाम सिफारिस !


नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) क्षेत्र नम्बर ख, पर्वतले प्रदेश सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्र नम्बर “ख”को प्रथम बैठकले सहमतिका आधारमा ४ सदस्यहरुको नाम सिफारिस गरेको हो ।

मंसीर ४ गते हुने केन्द्र तथा प्रदेश सभाको चुनावका लागि एकीकृत समाजवादीका तर्फबाट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, पार्टीका क्षेत्रीय अध्यक्ष रामेश्वर गौतम, जिल्ला उपसचिव विराज हमाल र जिल्ला सदस्य धनमाया थापाको नाम जिल्ला कमिटी पर्वतलाई अनुमोदनका लागि सिफारिस गरिएको हो । कार्यक्रममा निर्वाचन आयोगका केन्द्रिय सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदी, केन्द्रिय प्रतिनिधि परिषद् सदस्य बैकुण्ठ भुसाल, प्रदेश कमिटी सदस्य तथा फलेवास नगरपालिका कमिटी अध्यक्ष कृष्णप्रसाद लम्साल, प्रदेश सदस्य चिरञ्जीवी पौडेल, छवि गौडेल, पार्टीका जिल्ला उपाध्यक्ष ठाकुर पौडेल, उपसचिव विराज हमाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सदस्यको नाम सिफारिस गर्न यतिबेला दलहरु सक्रिय रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जसपा नेपाल र राष्ट्रिय जनमोर्चा लगायत पाँच दलले चुनावी गठबन्धन गरेर चुनाव लड्ने योजना बनाएका छन् भने नेकपा एमाले पनि चुनावी गठबन्धनका लागि विभिन्न पार्टीहरुसँग वार्ता गरिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) क्षेत्र नम्बर “ख”का अध्यक्ष रामेश्वर गौतमको अध्यक्षता, पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला कमिटी पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेलको प्रमुख अतिथि, जिल्ला उपसचिव सन्तोष न्यौपानेको स्वागतमा सम्पन्न प्रथम बैठकको संचालन क्षेत्रीय सचिव तथा सचिवालय सदस्य लोकनाथ भुसाल “घायलश्री”ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.