अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले आज २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन गरेको छ । ७० बर्षको नेपाली जनताको त्याग र बलिदानले आर्जेको नेपालको संविधान मिचिँदा समेत पहिलो पटक संसद विघटनको विरूद्धमा उत्रिएको पृथ्वी नारायण क्याम्पस गेटमा अनेरास्ववियू पृथ्वी नारायण क्याम्पस कमिटीद्वारा दिप भब्यताका साथ दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अनेरास्ववियू केन्द्रिय कमिटी उपमहासचिव राजन शर्मा पाराजुलीले यस संविधान निर्माणको लागि आफ्नो ज्यानको बलिदान दिने ज्ञात अज्ञात सहिद प्रति श्रदासुमन गरे । साथै अनेरास्ववियू र यसको माउ पार्टी नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी ) एमालेको बिरूद्दमा नभई के. पी ओलीको ब्यक्तीगत प्रवृतिको बिरूद्द रहेको पराजुलीको धारणा थियो । संविधानको रक्षाका लागि अहिलेको गठबन्धन रहेको बताउँदै आसन्न निर्वाचनमा ने.क.पा (एस) लाई कलम चुनाब चिन्हमा मतदान गर्न महासचिव पराजुलीले अनुरोध गरे । संविधान निर्माणको चरण सम्पन्न भएको र अब संविधानको कार्यन्वयन गरि जनतालाई संविधानमा उल्लेख गरिएका मौलिक हकको प्रत्याभूति गराउने समय आएको उनको धरणा रहेको थियो ।
यस्तै कार्यक्रममा अनेरास्ववियू कास्कीका अध्यक्ष वज्रराज अधिकारीले लामो समयको संघर्षबाट निर्माण गरिएको संविधानलाई मिचेर प्रतिगमनको बाटो रोज्न खोज्नेहरुलाई आसन्न मंसिरमा हुने निर्वाचनमा जनताले राम्रो मुल्याङ्कन गरेर विदा गर्ने कुरा राखेका थिए।
अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका अध्यक्ष रसिक न्यौपानेले विभिन्न कालखण्डका आन्दोलनका प्राप्तिका रुपमा हामीले अहिले विश्वकै उत्कृष्ट संविधान प्राप्त गरेको र यस संविधानको रक्षा र मुलुक निर्माणमा यसको कार्यन्वयन गर्न हामी सबै नागरिकको जिम्मेवारी रहेको बताए । कार्यक्रममा अनेरास्ववियूका स्थायी कमटी सदस्य सन्तोष न्यौपाने, सचिवालय सदस्य विकास रेग्मी, सूर्यदेव लामिछाने, विद्यार्थी नेताहरु होम तामाङ्ग, दिवस पौडेल, कास्कीका सचिव जीवन अधिकारी, महानगरका अध्यक्ष संगम आचार्य, क्याम्पस कमिटीका सचिव सन्तोष पौडेल लगायत क्याम्पस कमिटीका बिद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।