१० असोज २०७९, सोमवार

इतिहास पृथ्वीनारायण कलेजको !

सुनिल उलक

आजभन्दा ६१ वर्ष अगाडि पोखरामा पहिलो कलेजको रुपमा पृथ्वीनारायण कलेजको जन्म भएको थियो । ६१औ वर्षको उपलक्षमा सम्पूर्ण कलेज आबद्ध तथा कलेजलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्नुहुनेमा शुभकामना ।

बि.सं. २०१७ भाद्र १७ गते वडाहाकिम नारायणप्रसाद शर्माकाे अध्यक्षतामा पृथ्वीनारायण इन्टर कलेजकाे नामबाट नदिपुरमा केवल १३ जना बिद्धयार्थी प्रिन्सिपल जर्ज जाेन, नेपाली शिक्षक देवीरमण सुवेदी, नारायण बहादुर कार्की तथा कार्यालय सहायक अर्जुन बिक्रम राणाकाे सहयाेगमा शुरूवात भएकाे थियाे ।

नदिपुर स्थित कन्या स्कुलमा शुभारम्भ गरिए पनि कांग्रेस सरकारका तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले नदिपुरकाे पाैवामा २०१७ असाेज ३ गते उद्घाटन गर्नु भएकाे थियाे ।

कलेजकाे लागी स्थानकाे खाेजी हुदै गर्दा कांग्रेसकाे सरकारकाे पतन पछि पंचायत सरकार अाइ सकेकाे थियाे । २०१८ काे शुरूमा पाेखरामा वडाहाकिमकाे रूपमा तेजबहादुर प्रसाई आउनु भएकाे थियाे । प्रसाईले पराजुलीहरूकाे बिर्तामा पाएकाे भीमकाली पाटनकाे ११० राेपनी खरवारी अधिग्रहण गरि कलेजलाई उपलव्ध गराइदिए ।

२०१८ फागुन १७ मा नया वडाहाकिम दानबहादुर शाक्यकाे सकियतामा सानाे सानाे खरकाे झुपडी बनाइ २०१९ बैशाख १ बाट कक्षा सञ्चालन भयाे । याे छाप्राे बनाउन जर्ज जाेन सरकाे ठूलाे मेहनत परेकाे थियाे ।

आज पृथ्वीनारायण क्याम्पसकाे बृहत स्वरूप देख्नेहरूकाे लागि एकादेशकाे कथा झै लाग्नेछ ।

Leave a Reply

Your email address will not be published.