नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला कमिटीको वैठकले नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सह–ईन्चार्ज नरदेवी पुन र केपी अधिकारीको नाम सिफारिस गरिएको छ ।
दुई कार्याकाल जिल्ला अध्यक्षको रुपमा रहेर पार्टीको नेतृत्व सम्हालिसकेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य खुम बहादुर बानियाँ, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, नारायण जिसी, लोक भण्डारी, रामप्रसाद सुवेदी, बेलबहादुर चोखाल, हेमकुमारी गर्बुजा, शिवकुमार बरुवाल र प्रकाश पौडेलको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खड्क गिरी, गणेशबहादुर बानियाँ, जाफर हुसेन, जीवनकुमार विश्वकर्मा, प्रमोद श्रेष्ठ, विष्णु गुरुङ, र सिवानी ल्वागुनको नाम सिफारिस भएको छ ।
यसैगरि प्रदेशसभा क्षेत्र (ख) बाट प्रत्यक्षर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा, यसोदा रोका र समानुपातिकतर्फ खरमाया विटालु, सिर्जना केसी, सीता गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।