८ असोज २०७९, शनिवार

कविता “डाहा लाग्छ !”

“दिवस गौडेल” जव देख्छु प्रेमिल जोडी
माया साटेको
संगै जिउने मर्ने कसम खाँदै
अंगालोमा बाँधिएको

डाहा लाग्छ
किन हुन सकिन म ऊ जस्तै
जसलाई उसको मायले माया गर्छ
अनगिन्ती अनगिन्ती

मेरो पनि त मन थियो
जसमा सजाएथेँ तिमीलाई
खाएथेँ कसम
तिमीलाई खुसी राख्ने
चाहाना दिलको तोडी
साथ नदिने भन्दै
टाढा टाढा गएपछि तिमी

प्रयास गर्छु फकाउन
मेरो मनको कुरा वताउन
तिमीलाइ माया गरि
खुशी सारा दिलाउन
तर
असफल हुन्छु हरेक पल
तिमीले मलाई नअपनाएपछि
तिमीले मेरो माया नस्विकारेपछि ।

Leave a Reply

Your email address will not be published.