९ असोज २०७९, आइतवार

बौद्धिक नेता गौडेल प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस !

वौद्धिक नेता छवि गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वतको जिल्ला कमिटीको वैठकले नेकपा समाजवादी गण्डकी प्रदेश कमिटीका सदस्य गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हो ।

स्वास्थ्य क्षेत्रमा आवद्ध गौडेल विद्यार्थी कालदेखि नै राजनीतिमा आवद्ध थिए । अ. ने.रा.स्व. वि. यु. पाँचौं २०३६ को सदस्य, चिकित्साशास्त्र अध्ययन संस्थान, नरदेवी क्याम्पस, काठमान्डौ २०३८ देखि २०४२ मा प्रा. क. अध्यक्ष, २०४६ देखि २०६० सम्म बुद्धिजीवि कमिटी सदस्य, २०४६ देखि हालसम्म गाउँ कमिटी सदस्य र हाल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वत जिल्ला कमिटी सदस्य तथा ने.क.पा. एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सदस्य २०७८ मा आवद्ध भएर राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील गौडेल गठबन्धन भएर पर्वत एकीकृत समाजवादीको भागमा परेमा उनले सजिलै चुनाव जित्ने कार्यकर्ताहरु बताउँछन् । विगत 35 बर्षदेखि विभिन्न सङघ सस्था UMN, INF, ADRA NEPAL, UNDP\COPE, RWSSPWN (Nepal -Finland cooperation) र Nepal Health Research Council मा याेजना तथा अनुसन्धान बिज्ञकाे रूपमा अनुभव भएका ब्यक्ति हुन् छवि गौडेल ।

फलेवास नगरपालिका ४, मुडिकुवा स्थानीय गौडेलका तीन छोरी मध्ये जेठी छोरी डक्टर, माइली छोरी चार्टर एकाण्टेन र कान्छी छोरी पनि डक्टर रहेका छन् । सफल ब्यवस्थापन कै कारण पारिवारिक जिम्मेवारीबाट पूणर् रुपमा मुक्त भैसकेका छन् । बाँकि जीवन सामाजिक र राजनैतिक क्षेत्रमा विताउन चाहेका गौडेल शिक्षा मात्र होइन आर्थिक पक्षमा पनि उत्तिकै सफल देखिन्छन् । स्वच्छ छवि भएका सरल अनि मीठो मुस्कान सहित कार्यकर्ताहरुसँग घुलमिल हुन मन पराउने गौडेललाई फलेवास नगरपालिकाले मात्र होइन सिंगो पर्वतले भावि दिनमा सफल नेताको रुपमा हेरेको देखिन्छ । 

गौडेल सहित पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि ठाकुर पौडेल, विजय गुरुङ, उमाकान्त सुवेदी, कृष्णप्रसाद लम्साल र धनकुमारी सुवेदीलाई पनि सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published.