८ असोज २०७९, शनिवार

मुडिकुवाका शैलेन्द्र पर्वत प्रदेश (ख) बाट प्रत्यक्षतर्फ उमेदवारका लागि सिफारिस !


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस पर्वतका युवा नेता शैलेन्द्र गौडेल पर्बत प्रदेश (ख) बाट प्रत्यक्ष तर्फ उमेदवारका लागि सिफारिस भएका छन ।
सानै उमेर देखि नेबिसंघको राजनीतिमा रहेका नेता गौडेल काठमाडौंको आरआर क्याम्पसमा नेविसंघको सक्रिय राजनीति पश्चात नेविसंघ पर्वत–काठमाडौं सम्पर्क समितिका अध्यक्ष समेत भएका थिए । उनी नेबि संघको पुर्व केन्द्रीय सदस्य समेत हुन ।
अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्रमा स्नाकोत्तर तथा कानुन र पत्रकारिताका विद्यार्थी उनी अध्ययनशील साथै बौद्धिक युवा नेताका रुपमा परिचित छन । कुशल वाककला भएका गौंडेल नेपाली काँग्रेस केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञको जिम्मेवारी निर्वाह गरिसकेका छन ।
गौडेल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिमा बिजयी भएका थिए । गौडेललाई प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारको लागी प्रदेश क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published.