१० असोज २०७९, सोमवार

विश्वकर्माको पूजा यसरी गर्नुहोस् !

आश्विन महिना कृष्णपक्ष सङ्क्रान्ति तिथि अर्थात् हरेक वर्षको असोज एक गतेका दिनमा पर्ने यो पर्वमा विश्वकर्मा बाबाको पूजा गरी मनाइन्छ । श्रीलक्ष्मी र सरस्वतीद्वारा पनि पूजिएका निकै तेजस्वी भगवान् विश्वकर्मा विष्णु भगवान्‌कै रूप हुन् । संसारमा सृष्टि चलाउनका लागि विष्णु भगवान्‌ले पाँच मुख, दस हात र लामो सेतो दाह्री धारण गरी विश्वकर्माको रूप लिनुभएको हो । यस तथ्यको प्रसङ्ग वेदसँग जोडिएको छ ।
शिल्पविद्याको मूलस्रोत अथर्ववेद अनुसार नै कालिगढहरूले अनेक वस्तुको उत्पादन गर्न सफल भएका हुन् । फलस्वरूप आज इन्जिनियर, वैज्ञानिक भएका छन् । त्यसैले आजको दिन सबैले आ-आफ्ना हतियार, औजार, साधनहरू वर्षभरि प्रभावकारी रूपबाट प्रयोग भएकोमा धन्यवाद र आगामी दिनमा अझ प्रभावकारी रूपबाट प्रयोग गर्न सकूँ भन्ने मनोकामनासहित विभिन्न किसिमबाट कल-कारखाना, सवारी साधन, विमान, विद्युतीय उपकरणहरू समेत पूजा गर्नुपर्दछ । विश्वकर्मा भगवान्‌को विधिपूर्वक पूजा त के सच्चा आत्माबाट स्मरण मात्र गर्दा पनि निकै खुसी भई उत्पादनमा, सामानको प्रयोगमा बाधा अड्चन वा कुनै पनि दुर्घटना धनधान्य तथा ऐश्वर्यपूर्ण हुन्छ । श्रीविष्णुकै रूप भएकोले विष्णुपूजा अनुसार पूजा गर्नुपर्दछ । छोटकरीमा यसरी पनि गर्न सकिन्छ ।

पूजा सामग्री: जौ, तिल, कुश, दूध, दही, मह, घिउ, चिनी, न्दन, सुगन्धित तेल (अत्तर), फूल, माला, धुप, बत्ती, कपूर, पान मसला, दक्षिणा, तामाको अष्टदल अंकित बिश्वकर्मा बाबाको सुनको प्रतिमा आदि । ध्यान, शुद्ध वस्त्र, नित्यपूजा गरी चन्दन धारण गर्ने । डामा जौ तिल कश राखी कर्मपात्र बनाउने । ई चन्दन, अक्षता फूलले पूजागरी कुशका टुक्रा, सिक्का राखेर पूजा गरेमा बिश्वकर्मा बाबा खुशी हुनुहुन्छ भन्ने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published.