९ असोज २०७९, आइतवार

सिक्किम गजल मञ्चको गजल गोष्ठी सम्पन्न !

सिक्किम गजल मञ्चको दोस्रो वार्षिक उत्सवको अवसरमा गजल गोष्ठी सम्पन्न भएको छ । सिक्किम सरकारी महा विद्यालय रिनाकमा १५६ औं युवा कवि मोतीराम भट्ट जन्मजयन्तीको अवसरमा सिक्किम गजल मञ्चद्वारा गजल गोष्ठी सम्पन्न भएको हो ।

अतिथिहरुलाई स्वागत गर्दै गजलकार डि० पी० अधिकारीले युवा कवि मोतीराम भट्टको बारेमा विस्तृत जानकारी दिँदै सिक्किम गजल लेखन विधामा कत्तिको अग्रसर छ भन्ने कुरालाई पनि प्रकाश पारे। कार्यक्रमलाई सुसम्पन्न गराउन सिक्किमकी गजलकार, परिकल्पनाकार श्रीमती जीविका अश्रुले दिएको फरक प्रस्तुतीले उपस्थित कवि, गजलकार मात्र होइन अतिथिहरुपनि उत्साहित भएका थिए । गजलकार राधा पाण्डे र सीता दवाडीले सिक्किममा गजल कुन स्थितिमा छ भन्ने कुरा बताउँदै आफ्ना गजलहरू वाचन गरेका थिए ।

गोष्टिमा डि० पी० अधिकारी, एच० एन० मिश्र, निरकमल दाहाल लगायत गजलकारहरुले गजल र युवा बराल, विष्णु केसी लगायतले कविता समेत वाचन गर्दा दर्शक दीर्घबाट गुंजिएको तालीले गोष्टिमा थप रौनक भरिएको थियो । महाविद्यालयका भूतपूर्व विद्यार्थी ओम छेत्री, महाविद्यालयका छात्र-छात्राहरू विनिता राई, नरमाया खाती, अविनाश सुब्बा लगायतले कविता वाचन गरे।

सिक्किम गजल मञ्चका अध्यक्ष एच० एन० मिश्रको सभापतित्वमा सम्पन्न गोष्टिमा महाविद्यालयका प्राध्यापक श्री सुरज दर्जीले कार्यक्रमको धन्यवाद ज्ञापन गराउदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.