२४ माघ २०७९, मंगलबार

प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ कुन दलले कति मत ल्याए ? यहाँ हेर्नुहोस् !

प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ नेकपा एमाले पहिलाे स्थानमै कायम रहेकाे छ।
९२ लाख ५० हजार ८९१ मत गन्दा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेकाे छ। एमालेलाई नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत ल्याइ पच्छाइरहेकाे छ।
तेस्राे स्थानमा भने नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी आएकाे छ। उसले १० लाख ६० हजार ८८९ मत पाएको छ।

चाैथाे स्थानकाे नेकपा माओवादी केन्द्रले १० लाख ५४ हजार ९९७ मत प्राप्त गरेकाे छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ४७०, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४५०, जनमत पार्टीले २ लाख ५६ हजार ३३, नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार ११८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९३३, लाेकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ४१, नेमकिपाले ७२ हजार ७५१ र हाम्राे नेपाली पार्टीले ५२ हजार ८०८ मत प्राप्त गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *