२१ असार २०७९, मंगलबार

Category: समाचार

सूर्यनारायण पुरस्कारबाट दुईजना सम्मानित !

श्री सूर्यनारायण पुरस्कार संस्था बेनीबजार, म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा घोषणा एवं समर्पण कार्यक्रम सम्पन्न भएको छ । सूर्यनारायण पुरस्कार संस्थाको १६औं श्रृङ्खला-२०७६ र १७औं श्रृङ्खला-२०७८ बाट बेनीका दुई जनालाई सम्मान गरिएको हो...

सुमनको “अन्ततः यन्त्रणा” बजारमा !

शिखा बुक्सको आयोजनामा कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री, नेपाली कांग्रेसका) विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि वरिष्ठ...

म्याग्दीमा पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाइयो !

म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस-२०७९ मनाइएको छ । ‘महिलाको सम्मानः सभ्य समाजको पहिचान’ भन्ने मूल नारासहित लैङ्गिक सवालसम्बन्धी विषयमा अन्तत्र्रिmया कार्यक्रम गरेर महिला अधिकार दिवस मनाइएको हो । ...

अधिकारको सुरक्षा तथा महङ्गी नियन्त्रणको मागसहित ज्ञापनपत्र बुझाइयो !

नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आज (सोमबार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । महिला हक तथा अधिकारको सुरक्षा तथा बढ्दै गैरहेको महङ्गी नियन्त्रण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको...

नगरपालिकाले सुरु गर्‍यो नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर !

म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (आइतबार)देखि नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरु भएको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क...

लायन्स क्लबद्वारा म्याग्दी बालगृहलाई सहयोग !

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा पढाऔं अभियानअन्तर्गत आज (शुक्रवार) शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग भएको छ । क्लबको पढाऔं अभियानअन्तर्गत नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री पोशाक तथा खाद्यान्न सहयोग गरिएको...

कृषकले गरे स्थलगत अवलोकन भ्रमण !

म्याग्दीको ग्रामीण भेगका नमुना कृषकहरुलाई लक्षित गरी बेनीमा सञ्चालित पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमद्वारा पुनर्ताजगी तालिम तथा स्थलगत भ्रमणको आयोजना गरिएको...

मिलन म्याग्दीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान !

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन-२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई मिलन म्याग्दीले हिँजो (बिहीबार) सम्मान गरेको छ । म्याग्दीको बेनी नगरपालिका र अन्नपूणर् गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापनका साथै सम्मान गरिएको हो ।  बेनी...

मुडिकुवामा चल्ने अटोले भाडा मनपरी उठाउन थालेपछि सर्वत्र विरोध !

फलेवास नगरपालिका वाड नम्बर ६ र ४ अन्तर्गत चल्ने अटोले मनपरी भाडा असुल्न थालेपछि सर्वत्र विरोध हुन थालेको छ । अटोहरुले आफूखुशी भाडा उठाउन थालेपछि सर्वसाधारणले विरोध गर्न थालेका हुन् ।फलेवास नगरपालिका-४, श्रीसुवाबाट वाड...

डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !

माेदी गाउँपालिका-६ डिमुवा (पुरानो गाउँ राम्जा चित्रे) निवासी दिपेश गुरुङ्को उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर रहेको तर जटिल बिमार लागेका कारण खर्च धेरै लाग्ने भएका कारण गुरुङको उपचारमा समस्या भएको...